मालपोत कार्यालय सिमराले ६ महिनामा १० करोड ५७ लाख ७४ हजार राजश्व संकलन

रञ्जन यादब /बारा

मालपोत कार्यालय सिमराले चालु आर्थिक बर्षको ६ महिनामा १० करोड ५७ लाख ७४ हजार ८ सय ७५ रुपैया राजश्व संकलन गर्न सफल भएको छ । गत आर्थिक बर्षको पुष मसान्तसम्ममा ९ करोड ८० लाख २१ हजार ९ सय ७१ रुपैया सङ्कलन भएको थियो । चालु आथिक बर्ष २०८०।०८१ मा कार्यालयले पुष मसान्त सम्म रजिस्ट्रेशन दस्तुरतर्फ रु ६ करोड १० लाख ३४ हजार ८ सय ९० रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै जग्गा रोक्कातर्फ ८९ लाख ९२ हजार १ सय ३५ रुपैया , पुँजीगत लाभ कर तर्फ ३ करोड ५२ लाख १६ हजार १५ रुपैया र सेवा शुल्क तर्फ ६ लाख ३१ हजार ८ सय ३५ रुपैया संकलन गरेको मालपोत कार्यालय सिमराले जनाएको छ ।गत आर्थिक बर्ष २०७९।८० मा मालपोत कार्यालय सिमराले २७ करोड ९ लाख ९० हजार ४ सय १७ रुपैया राजश्व संकलन गरेको थियो । मालपोत कार्यालय सिमराका निमित्त प्रमुख पल्लबी कर्णले बैँकहरुले ऋण सहजै लगानी नगरेका कारण जग्गा कारोबारमा कमी आएको बताएकी छन् । उनले पहिलाको तुलनामा जग्गा कारोबारमा अलि सुधार आएपनि पहिला जस्तो भिडभाड नदेखिएको जानकारी दिईन् ।