hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रममा सम्पन्न

बारा, पुस २६ गते ।

बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा जीतपुरसिमरा भित्रको सडकमा व्यापार गर्ने व्यापारीहरुलाई स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धिको तालिम कार्यक्रम सम्पन्न गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई होटल तथा पर्यटन व्यवसायी संघ बाराले समन्वय गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको प्रमुख सुरेश कुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने रहनु भएको थियो ।

कार्यक्रममा स्ट्रिट फुडलाई स्वच्छ राख्न उपाय सहित जीतपुरसिमरा भित्र देखिएको समस्याहरूको विषयमा चर्चा गरिएको थियो । स्ट्रिट फुडलाई स्वच्छ बनाउन प्रयोग गरिने सामग्रीको विषयमा बताईएको थियो ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष, स्थानिय जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरका अधिकृत सतिश मंडल, भिमेश्व मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पेशल कुमार मुल्मि लगायत सडकमा व्यापार गर्ने व्यवसायीहरूको उपस्थिति रहेको थियो ।