hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

आफ्नो श्रीमती प्रेमीसँग भाग्न लाग्दा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा, पुस १३-

आफ्नो श्रीमती प्रेमीसंग भाग्न लाग्दा श्रीमानले श्रीमतीको हत्या गरिदिएका छन् । हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। हिजो (बिहीबार) दिउँसो २ बजे म्याग्दी धौलागिरी गाउँपालिका वडा नम्बर ७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। पछिल्लो समय श्रीमान श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो। जसको कारण रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी र भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए।

लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेटेर जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए। उनका प्रेमी भने भाग्न सफल भएका थिए।