बारा, पुष ९ गते ।
उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जलाई निजि विद्यालयहरुले भ्रमित बनाउन प्रयास गरिरहेका छन् । निजि विद्यालयहरुले स्कुलमा स्टाफ नर्स नराखेको भन्दै मुदा परेको थियो । उक्त मुदालाई कम्जोर बनाउने उदेश्यले निजि विद्यालयहरुले आफुहरु स्थाफ नर्स राखेको झुटो पेपर पेस गरेर अदालतलाई भ्रमित बनाएको पाइएको छ ।
कानुन विद्यार्थी प्रकृती कर्ण र अभिनय गुप्ताले निजि विद्यालयहरुले स्कुलमा स्टाफ नर्स नराखेको भन्दै मुदा दायर गरेका थिए । निजि विद्यालयहरुले स्कुलमा अनिवार्य स्टाप नर्स राख्ने नियमको पालना नगरेको भन्दै उनीहरुले मुदा दर्ता गराएका थिए ।
मुदा उपर सुनुवाइ गर्दै उच्च अदालतले जीतपुरसिमरा भित्रका सम्पुर्ण निजि विद्यालयहरुलाई छलफलको लागि अदालत उपस्थित हुन आदेश दिएको थियो । छलफलमा उपस्थित भएर निजि विद्यालयहरुले आफुहरु स्टाफ नर्स पहिलैबाट न्युक्ति गरेको झुटो पेपर पेस गरेको नेपाल खुल्ला विश्व विद्यालयका कानुन विद्यार्थी अभिनय गुप्ताले बताउनु भयो ।
निजि विद्यालयहरुले झुटो पेपर पेस गरेको भन्दै निवेदकहरुले स्टाफ नर्सको न्युक्ति र तलब भत्ताको रेजिस्टर झिकाउन माग राखेका थिए । सोही उपर उच्च अदालतले विपक्षी विद्यालयहरुलाई कागजपत्र र रेजिस्टर रेकर्ड पेस देखाउन आदेश दिएको छ । पुष १२ गतेको लागि पेसी तोकिएको निवेदक कर्णले बताइन् ।