hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

आइतबारबाट टिभिएस शोरुम जीतपुरमा ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला

बारा, कार्तिक १८ गते ।

जीतपुरको पहाडीटोल मा रहेको टिभिएस शोरुममा ‘च्याम्पियन्स एक्स्चेन्ज’मेला हुने भएको छ । कार्तिक १९ गते आइतबारबाट २५ गते शनिबार सम्म मेला सञ्चालन हुने आधिकारिक बिक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न का प्रवन्धक किरण पुरीले जानकारी दिए । दसैं तिहार लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य विशेष छुट र सुविधा एक्स्चेन्ज मेलामा ग्राहकले प्राप्त गर्ने किरण पुरीले जानकारी दिए ।

पुराना जुनसुकै बाइक तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा खरिद गर्ने अवसर ग्राहकलाई मिल्नेछ,’ उनले भने, ‘यो अफरबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’ टिभिएस खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् । योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि पाँच लाख रुपैयाँसम्म जित्ने मौका छ । हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले एक्चेन्जमा रु. ५० हजारसम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर खरिद गर्नसक्नेछन् ।