hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

शरणार्थी शिविरमा इजरायलको बम वर्षा, २०० जनाको मृत्यु

काठमाडौं, कात्तिक १६-

इजरायलले गाजापट्टीको एक शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ। जबालिया शरणार्थी शिविरमा इजरायलले पटकपटक खसालेको बमका कारण १२० जना भन्दा बढी भग्नावशेषमा पुरिएर बेपत्ता छन्। ७ सय ७७ जना घाइते भएका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा पटकपटक आक्रमण गरेर निहत्थाको ज्यान लिइएको आरोप लगाएका छन्। इजरायलले उक्त शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ। साथै आफ्नो आक्रमणमा हमासका एक वरिष्ठ कमाण्डर महम्मद अल सार मारिएको दाबीसमेत इजरायलको छ।

यसैबीच राष्ट्र संघीय एजेन्सी युनिसेफले बालबालिकामाथिको आक्रमण बन्द गर्न इजरायलाई आग्रह गरेको छ। जबालिया शरणार्थी शिविरमा भएको आक्रमणमासमेत ठूलो संख्यामा बालबालिका मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इजरायलले जारी राखेको आक्रमणमा इजरायलमा ३५ सय बढी बालबालिकासहित झण्डै ९ हजार मानिसको मृत्यु भइसकेको छ। नारायणी अनलाइनबाट साभार