hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

डुमरबानामा एक करोडको लागतमा खुल्यो होटल हात्तिसार एण्ड लज

बारा, असोज २८ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरबानामा होटल हातिसार एण्ड लज संचालनमा आएको छ । करिब १ करोडको लगानिमा उक्त सुबिधा सम्पन्न होटेल संचालनमा आएको हो ।

बडादशैंको घटस्थापनाको शुभदिनबाट संचालनमा आएको उक्त होटलको पर्यटन तथा हवाई यातायात समिति FNCCI मधेस प्रदेश सभापति एंव जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

केही महिना देखी स्विमिङ्गको लागि निकै चर्चित बनेको डुमरवाना क्षेत्रमा रेस्ट्रोको कमि थियो । उक्त कमिलाई पुरा गर्दै स्थानिय युवा गोविन्द पौडेलले सुविधा सम्पन्न रेस्ट्रो सहितको होटल संचालनमा ल्याएका हुन् । केहि समय भित्रैमा सोही होटेलमा स्विमिङ्ग सहितको सुविधासम्पन्न लजको पनि व्यवस्था हुने संचालक पौडेलले बताउनु भयो ।

यता होटलको उद्घाटन गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष लामिछानेले होटलको प्रगतिको शुभकामना दिनुभयो । रोस्ट्रोहरु सिमरामा मात्र केन्द्रित हुदा डुमरवाना बासिहरुलाई समस्या हुनेगरेको र होटेल हातिसार एण्ड लजले उक्त समस्याको समाधान समेत गरेको बताउनु भयो ।

होटेल हातिसार एण्ड लजमा अन्य सुबिधा सम्पन्न रेस्ट्रोमा पाइने सम्पुर्ण सेवाहरु पाइने छ । साथै वर्डे मनाउनका लागि विषेश खुल्ला आकाश मुनि रुफमा बसेर बनाउन सकिने छ । उक्त होटलमा सांगितिक काय्रक्रमको लागि सुविधासम्पन्न मञ्च सहित साउन्ड सर्भिसको व्यवस्था छ ।