hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सप्तरंगी साकोसको सधिवेशन सहितको १२औं साधारणसभा सम्पन्न, अध्यक्षमा शोभा केसि चयन

बारा, असोज २७ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अधिवेशन सहितको १२औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । अधिवेशनबाट शोभा केसि सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ ।

संस्थाको अध्यक्ष राजु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको १२औं साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संबिधानसभा सदस्य जयराम दाहाल, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, बारा जिल्ला सहकारी बचत ऋण सहकारीका अध्यक्ष सतेन्द्र ठाकुर, विभिन्न सहकारीका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सदस्य रामबहादुर चौधरीले गर्नुभगको थियो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले संस्थाको प्रतिवेदन पेस गर्दै २०७९-२०८० मा संस्थाको नाफा ३९ लाख २० हजार ७ सय २१ रूपैया रहेको बताउनुभएको थियो । संस्थाको कुल सेयर सदस्यहरू १६१० रहेका छन् ।

तेसै गरि संस्थाको १२औं वार्षिक साधारणसभा सहित सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा शिवशंकर चौधरी, सचिवमा अनिल चौधरी, कोषाध्यक्षमा बिदुर खड्का, सदस्यमा राजेन्द्र प्रसाद भट्टराई, कृष्ण प्रसाद पुडासैनी, लक्ष्मी मैनाली, मनोज न्यौपाने, बाबुराम वाग्ले सर्वसम्मतरूपमा चयन भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सप्तरंगी सहकारीले आर्थिक मन्दिमा पनि राम्रो गरेको भन्दै प्रसंसा गरेका थिए भने धेरै सहकारीहरू भागिरहको परिवेशमा यस सहकारीले त्यसलाई राम्ररी अध्यक्षन गरेर कार्यविधि बनाउन र अगाडि बढ्न अनुरोध गरेका थिए ।