hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

मोदीको कालापानी भ्रमण कूटनीतिक मान्यता विपरीत : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं, असोज २७-

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको लिपुलेक, कालापानी, नाभी र गुन्जी क्षेत्रको भ्रमण कूटनीतिक मान्यता विपरीत रहेको बताएको छ ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । तीर्थाटनको बहाना बनाई एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भूभागमा बिना जानकारी, बिना अनुमति भ्रमण गर्नु कूटनीतिक मान्यताको उल्लङ्घन मात्र होइन, यो हैकमवादी प्रवृत्तिको अभिव्यक्ति पनि हो’, सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्षौंदेखि सैन्य अखडा बनाइराखेको नेपालको भूभाग कालापानी क्षेत्रबाट तुरुन्तै आफ्ना सेना फिर्ता गर्न पनि सो पार्टीले भारतसमक्ष माग गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ– ‘कूटनीतिक मर्यादा विपरीत गरिएको मोदीको भ्रमणबारे एक शब्द नबोल्नु, अतिक्रमित आफ्नो भूभाग फिर्ता लिन पहल नगर्नु, नक्सांकन गरिएका क्षेत्रहरूमा जनगणना नगर्नु र संसदबाट एकमतले अनुमोदित नक्सांकित क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पत्राचार समेत नगर्नु भारतीय शासक वर्गप्रति नेपाल सरकारको लाचारीपन तथा भारत भक्तिको अभिव्यक्ति हो । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ ।’