गौं हत्या विरूद्ध बारामा पनि शुरू भयो प्रदर्शन, लाग्यो गृहमन्त्री मुर्दाबादको नारा

बारा, भाद्र १६ गते ।

गौं हत्या काण्डले देशव्यापी रूपमा उग्ररूप लिन थालेको छ । शनिबार बारामा पनि गौं हत्या विरूद्धमा प्रदर्शन शुरू भएको छ । प्रदर्शनमा वर्तमान सरकार र गृहमन्त्री मुर्दाबादको समेत नारा लागेको थियो ।

बाराको जीतपुरमा गौं हत्याको विरोध सहित गौं रक्षाका लागि शान्तीपुर्ण र्‍याली निकालिएको हो । जागौं हिन्दु जागौं, गौं रक्षा तिर लागौ भन्ने नाराका साथ विश्व हिन्दु परिषद र जीतपुर सनातन संघको संयुक्त आयोजनामा गौं हत्या विरोध र्‍याली निकालिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्ति टोल खेल मैदानबाट बृहत्त शान्ती र्‍याली निकालि जीतपुरको परिक्रमा गरिएको थियो । जीतपुर परिक्रमा पछि जीतपुरको मेन बजार पुगेर र्‍याली कोण सभामा परिणत भएको थियो।

कोणसभामा हिन्दू धर्मका अगुवाहरुले गाई मारेर खानु संविधान विरोधी हो र हिन्दुहरूको अस्था संग खेल्वाड भएको बताएका थिए । उनिहरूले संविधानको खुलेयाम उलंघन हुदा पनि सरकार मौन बसेको आरोप लगाएका थिए ।

हिन्दू धर्मका अगुवाहरुले कोणसभालाई सम्बोधन गर्दै गृहमन्त्री सहित धरानका मेयर हर्क साम्पाङको समेत मुर्दाबादको नारा लगाएका थिए । उनीहरुले धरानमा गाई काटेर खाएको भिडियो सार्वजनिक भए पनि सरकारले कारवाही नगरेको प्रति दुख प्रकट गरेका थए भने हिन्दू विरोधिहरु होसियार रहन पनि चेतावनी दिएका थिए ।