hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गर्‍यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा

काठमान्डौ, भाद्र १५ गते ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। आज बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९–२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा हो।

नेकपाले नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ। यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान गरिने नेकपाका नेता अनिल शर्माले जानकारी दिए।

चार दलीय समाजवादी मोर्चामा रहेको नेकपाले एमसीसीको विरोध गर्दै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि एमसीसीको १२ बुँदे ब्याख्त्मक टिप्णीलाई अंग नबनाए आन्दोलनको चेतावनी दिएका छन्।

एमसीसी मंगलबारदेखि कार्यान्वयनमा आइसकेको छ। प्रतिनिधिसभा बैठकले २०७९ साल फागुन १२ गते १२ बुँदे ब्याख्यात्मक टिप्पणीसहित पास गरेको थियो।