hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

कोशी प्रदेश : बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् उपसभामुख

विराटनगर, भदौ ४-

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्।

आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार आफू भने काठमाडौं उडेकी हुन्। यति एयरलाइन्सको बिहान ८ बजेको फ्लाइटबाट उनी काठमाडौं प्रस्थान गरेको विराटनगर विमानस्थल स्रोतले जानकारी दिएको छ।

विमानस्थलसम्म पुग्नका लागि उनले उपसभामुखले चढ्ने झन्डावाल गाडी नचढेको र विमानस्थलको भीआइपी कक्ष पनि प्रयोग नगरेको स्रोतले जानकारी दिएको छ। उपसभामुख दनुवारले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुन प्रदेश सभा परिसर पुगेका सांसदहरू अलमलमा परेका छन्। आफूहरू उपसभामुखलाई कुरेर बसिरहेको एक सांसदले बताए।