hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

प्रधानमन्त्री प्रचण्ड शनिबार इटली जाने

काठमाडौं, साउन ३-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली जाने भएका छन्। बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री प्रचण्ड शनिबार (साउन ६ गते) साँझ ६ बजे इटली प्रस्थान गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।