hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

प्रहरी वरिष्ठ नायव निरीक्षक सागर राणा बाराको ‘उत्कृष्ट प्रहरी’ घोषित

बारा, असार ९ गते ।

बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर ज.व.रा बाराको उत्कृष्ट प्रहरी “बेस्ट पुलिस अफ दी ईयर” घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी घोषित भएका हुन ।

वरिष्ठ सई राणाले आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले निर्वाह गर्नुका साथै कार्यालय मातहातका क्षेत्रहरुमा कुनै पनि अप्रिय घटनाको सुक्षम रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई पूर्ण अनुशासनका साथ पालना गरेकाले राणालाई जिल्ला प्रहरी कार्यालय बाराले उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगेटीले बताउनु भयो ।

कार्यालयद्धारा वरिष्ठ सई राणालाई दिइएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पन्न गरी दिइएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेकाले कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव परी कार्य दक्षतामा अझ बढी प्रभावकारीता आउने विश्वास बारा प्रहरीको छ ।

अनुसन्धानको लागि विषेश क्षम्ता भएका मानिएका प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर जंग बहादुर राणा यस अघि पनि जिल्लासहति देशकै उत्कृष्ठ प्रहरीको रुपमा पुरस्कृत भइसकेका छन् ।