घुससहित धनुषाका एक वडाध्यक्ष र सचिव पक्राउ

धनुषा, जेठ ३२ गते ।

घुससहित धनुषाका एक वडा अध्यक्ष र सचिव पक्राउ परेका छन् । जिल्लाको नगराइन नगरपालिका–२ का वडा अध्यक्ष वुलन यादव र सचिवलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्ष यादव र सचिव अमृत नारायण मिश्रलाई घुस सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिए ।

अख्तियारको कार्यालय बर्दिबासबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ७० हजार रुपैयाँ बरामद गरेको थियो । उनीहरू नगराइन चोकबाट पक्राउ परेका हुन् । सडक निर्माणका लागी सिफारिस बनाइदिने प्रयोजनका लागी उनीहरूले घुस मागेको आरोप छ ।