hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु

मकवानपुर, जेठ ३२ गते ।

करेन्ट लागेर मकवानपुरमा दुईजनाको मृत्यु भएको छ। जिल्लको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो।

बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा स्थानीय खर्कबहादुर र पूर्णबहादुर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।