hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

जीतपुर, जेष्ठ १७ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। ‘नागरिकता विधेयकले वैधानिकता पायो’, स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले विधेयक प्रमाणीकरण गर्नुभयो।’ यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो।

वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो। यसअघि २०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन्। त्यसपछि फेरि भदौ २० गते संसद्‌का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक भण्डारीले असोज ५ गतेसम्म त्यसै रोकेकी थिइन्।

उनलाई दोस्रोपटक विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता थियो। तर, भण्डारीले त्यसै समय गुजारिन् र विधेयक शीतल निवासमै अड्काएकी थिइन्। सोही रोकिएको विधेयकलाई अहिलेका राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।