hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बारामा १३ वर्षीय बालिकाको बलात्कार गरेर फरार रहेका युवक पक्राउ

बारा, जेष्ठ ७ गते ।

बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरि ७ महिना देखी फरार रहेका एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको आदर्श कोतवाल गाँउपालिका ३ घटनियाका २५ वर्षिय बिशोरी बैठा रहेका छन् ।

बारा प्रहरीका अनुसार गत कार्तिक १६ गते राति साढे ९ बजेको समयमा बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाँउकै १३ वर्षिया बालिकालाई बलात्कार गरेका थिए । बलात्कारको घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा यहि जेठ ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताउनु भयो।

काभ्रेबाट पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएकोा छ । घटनामा संलग्न बैठाका साथी अझै पनि फरार रहेकाले उनको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनु भएको छ ।