hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

लायन्स क्लब सिमरा युथद्वारा आयोजित कार्यक्रममा ८५ जनाले गरे रगत दान

बारा, वैशाख २३ गते ।

लायन्स क्लब अफ सिमरा युथद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेका छन् ।

जीतपुरसिमरा २ स्थित गुप्ता मार्केटमा आयोजना गरिएको कार्यक्रममा ९ महिला र ७६ पुरुषले रगत दान गरेका हुन् ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेका बेला लायन्स क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्ज, नेपाल रेडक्रस सोसाइटी उपशाखा सिमराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

यसअघि कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए । उद्घाटन कार्यक्रममा क्लबका वर्ष २०२३।२४ का अध्यक्ष त्रिलोक बिक्रम शाह, वर्ष २०२२।२३ का अध्यक्ष दिवाकर भण्डारी, लायन्स क्लब अफ जीतपुरसिमरा संजय साह, नेकपा एमालेका नेता मनोज पौडेल,जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, कार्यपालिका सदस्य अर्जुन रसाइली, जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृत रमेश सुवेदी, जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, रेडक्रस सोसाइटी उपशाखा सिमराका अध्यक्ष शिव शर्मालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।