hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

पर्साबाट एक क्विन्टल १८ केजी चरेससहित तीन जना पक्राउ

पर्सा, चैत्र २७ गते ।

पर्सा जिल्लाबाट एक क्विन्टल १८ केजी चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको पटेर्वासुगौली गाउँपालिका- ५ देउरीयास्थित प्रदेशी राउतको घरमा लागुऔषध चरेश रहेको सूचनाको आधारमा प्रहरी टोलीले राउतको घर तथा टहरा खानतलासी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको छ।

खानतलाशीको क्रममा घरमा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागुऔषध चरेश १ क्विन्टल १८ केजी र गाँजा ४ केजी बरामद गरिएको पर्साका डिएसपी दिपक गिरीले जानकारी दिए।

चरेस र गाजा ओसारपसार तथा किन बेचमा संलग्न रहेका राउतसहित तीन जनालाई पक्राउ गरिएको उनले बताए।पक्राउ गरिएका अन्य दुई जनामा मकवानपुर रक्सिराङ्ग गाउँपालिका-८ बस्ने रमेश मोक्तान र मनहरी गाउपालिका-६ बस्ने रोशन मोक्तान रहेका छन्।पक्राउ परेका तीनै जनाविरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको डिएसपी गिरीले बताए।