hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

खोट लगाउने अवसर नपाएपछि पाहुना भनेर गिज्याए: स्वर्णिम वाग्ले

काठमाडौं, चैत २६-

तनहुँ क्षेत्र नम्बर १ मा राष्‍ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले खोट लगाउने कुनै पनि अवसर नपाएर आफूलाई पाहुना भनेर गिज्याएको बताएका छन्।

शनिबार तनहुँमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूमाथि लगाउने कुनै खोट नभएकाले पाहुना भनेर गिज्याएको बताएका हुन्। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँमा भएको चुनावी भेलामा वाग्लेप्रति लक्षित गर्दै पाहुनाको संज्ञा दिएका थिए।

त्यसैको जवाफ दिँदै उनले भने, ‘अरू कुनै खोट लगाउने अवसर नपाएपछि फलानो त पाहुना हो कि भनेर अलिकति गिज्याउने, अलिकति होच्याउने गरेका छन्।’ नेपालको संविधानले हरेक नेपालीलाई जुनसुकै निर्वाचन क्षेत्रमा गएर काम गर्न सक्ने अधिकार दिएको उनले बताए।

‘रवि लामिछाने काभ्रेका हुनुहुन्छ, काठमाडौंमा हुर्कनुभयो, चितवनमा नेपालकै ठूलो मतान्तरले जिताएर नेपाली जनताले पठाइदिनुभयो। तनहुँका शंकर भण्डारी माडी तरेर अर्कै ठाउँमा जानुभयो उहाँलाई टुरिष्ट भनिएन, तनहुँका प्रदीप पौडेललाई काठमाडौं-५ बाट जिताउन मै मरिहत्ते गरेर लागेको थिएँ। उहाँलाई काठमाडौंले टुरिष्ट भनेर अपमान गरेन,’ उनले भने, ‘जसका कुनै तर्क छैनन्। जसले कुनै खोट देखाउन सक्दैन। उनले यो बेतुकका कुरा गरेर मान्छेलाई निरूत्साहित पार्छन्।’