hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

शोभा सहिँत कलश यात्रा निकालेर जीतपुरमा चार दिने गायत्री महायज्ञ सुरू

बारा, चैत्र २२ गते ।

शोभा सहिँतको कलश यात्रा निकालेर बाराको जीतपुर स्थित बंगाली बाबा आश्रममा बुधावार देखि चार दिन सम्मका लागि २४ कुण्डीय गायत्री महायज्ञ सुरू गरिएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञको पहिलो दिन हजारौंको संख्यामा यज्ञ स्थलबाट सुरू गरिएको शोभायात्रा सहिँत कलश यात्राले नगर परिक्रमा गर्दै वडा नं.५ स्थित दुधौरो खोलाबाट जल भरेर पुनः यज्ञ स्थलमा फर्किएर महायज्ञमा परिणत भएको जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह सोनारले बताए ।

सो अवसरमा मधेश प्रदेश बारा क्षेत्र नम्बर चार (१) का बाधायक देवनारायण चौधरीले यज्ञको पहिलो दिन दिप प्रज्वलित गरि महायज्ञको शुभारम्भ गरेका थिए ।

सो अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, भद्रभलादमी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत श्रद्धालु बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

बिहिवार देखि चैत्र २५ गते शनिवार सम्म बिहान ७ देखि ११ बजे सम्म गायत्री हवन गरिने र प्रत्येक दिन बेलुकी ५ बजेको संध्या आरती पश्चात राती ९ बजे सम्म हरिद्वारका आचार्यको मुखारविन्दबाट संगीतमय प्रवचन गरिने आयोजकका अध्यक्ष सोनारले जानकारी दिएका छन् ।

२४ कुण्डीय वेदमाता गायत्री महायज्ञको हवनका लागि २४ जना दाम्पत्तिले यज्ञको पुर्णता दिलाउँन बेदीमा बसेको आयोजकले जनाएको छ ।