बाराको जीतपुरमा गायत्री महायज्ञको सम्पुर्ण तयारी पुरा, भोली कलश यात्रा

बारा, चैत्र २१ गते ।

बारा जिल्लाको जीतपुरमा बुधवारबाट गायत्री महायज्ञको भव्य आयोजना हुँन लागेको छ । गायत्री महायज्ञको सम्पुर्ण तयारी पुरा भएको २४ कुण्डीय महायज्ञ समिति जीतपुरले जनाएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना हुँन लागेको हो । सो अवसरमा बुधवार बिहान ७ बजे देखि शोभायात्रा सहिँत कलश यात्रा निकालिने जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह सोनारले बताए ।

चार दिन सम्मका लागि आयोजना हुँन लागेको महायज्ञको पहिलो दिन शोभायात्रा सहिँत कलश यात्रा निकालिने छ, भने बिहिवार देखि चैत्र २५ गते शनिवार सम्म बिहान ७ देखि ११ बजे सम्म गायत्री हवन हुँने अध्यक्ष सोनारले बताए ।

त्ययैगरी, प्रत्येक दिन बेलुकी ५ बजेको संध्या आरती पश्चात राती ९ बजे सम्म हरिद्वारका आचार्यको मुखारविन्दबाट संगीतमय प्रवचन गरिने आयोजकले जनाएको छ ।