जीतपुरसिमरा गोल्डकपः सेमिफाइनलको लागि एनआरटी संग भिड्दै विरगञ्ज युनाइटेड

बारा, चैत्र १२ गते ।

जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत आईतबार न्यु रोड टिम (एनआरटी) फूटबल क्लब र विरगञ्ज युनाइटेड भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार वागमती युवा क्लबलाई पराजित गरेको विरगञ्ज युनाईटेडले सेमिफाइनल प्रवेशका लागि यसै प्रतियोगिताको १२औँ संस्करणको विजेता टिम एनआरटी संग प्रतिस्पर्धा गर्न लागेको हो । शुक्रवार भएको खेलमा बागमती युवा क्लबलाई ३–० ले पराजित गर्दै वीरगन्ज युनाइटेड क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको थियो । वीरगन्जको जितमा विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोल गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।