बारा, चैत्र १० गते ।
बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ ।
आयोजक नव जन जागृति यूवा क्लबकाअनुसार साँझ ६ बजेबाट खेल शुरु हुनेछ । फ्लड लाईटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा खेल आयोजना हुने गरेको क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।
यस अघि विहिबार भएको उद्घाटन खेलमा आयोजकक्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै केविएग्लोबल भरतपुर फुटबल क्लब प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।जगदम्बा स्टिलको मूख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी रहेको छ । चैत्र १८ गते संचालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् ।