एस.एस. पटेल, बारा ।
चैत्र ९ गते देखी सुरु हुने जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकपमा यस वर्ष ईन्स्योरेन्समा राम्रो ध्यान दिइएको छ । प्रतियोगितमा कार्यसमिति, खेलाडी र अफिसियलहरुलाई दश लाखको ईन्स्योरेन्सको व्यवस्था गरिएको छ भने स्वयंसेवक, पत्रकारसमेत १०० जना दर्शकको रु पाँच लाखको ईन्स्योरेन्सको व्यवस्था गरिएको हो ।
खेलमा हुने अपर्यासित दुर्घटालाई मध्यनजर गर्दै आयोजक नव जन जागृति युवा क्लवले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी संग समन्वय गरेको क्लबका अध्यक्ष रामचन्द्र लामाले बताउनु भयो । लामाले भन्नु भयो “खेलमा कुनै किसिमका दुर्घटना नसोह तर कथमकदाची कुनै किसिमको दुर्घटा हुन जान्छ भने यसको लागि ईन्स्योरेन्सको व्यास्था गरेको हौँ ।
चैत्र ९ गते बाट शुरु हुने यस प्रतियोगितामा साविक विजेता न्युरोड टिम एनआरटी, विभागिय टिम एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाईज युनाईटेड, सातदोबाटो युथ क्लब, मोफसलका केबिए ग्लोबल बिएफसी चितवन, मकवानपुर ११, बागमती युवा क्लब, वीरगन्ज युनाइटेड क्लब र आयोजकको सहभागिता रहेको छ ।
जगदम्बा स्टिल १३ औँ जीतपुरसिमरा गोल्डकपको उद्घान खेलमा आयोजक नव जन जागृति युवा क्लब र केबिए ग्लोबल बिएफसी चितवन बिच खेल हुने छ । खेल साझ ६ बजे देखी सुरु हेने आयोजकले जनाएको छ ।