फाल्गुन १२ गते ।
बारामा दुई दिने जिल्ला स्तरीय ७औं सितोरियो कराते प्रतियोगिता शुक्रबार देखि जीतपुर स्थित शान्ति टोल मैदानमा सुरु भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरको आयोजनामा शुक्रबाट सुरु भएको ७औं जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरको शान्ति टोल मैदानमा सुरु भएको कराते प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य चौधरीले जटिल अवस्थामा पनि नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले जिल्ला भरि आफ्नो बेग्लै पहिचान बनाएको बताउनु भए । त्यस्तै उहाँले आउदो दिनमा नेपाल सितोरिया कराते डोजो शाखा जीतपुरलाई आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने छु ।
जीतपुर भित्र संचालनमा रहेको बिद्यालयको बिद्यार्थीहरुले आज बिहानै नगर परिक्रमा गरेर शान्ति टोल खेल मैदानमा आएर नृत्य समेत प्रस्तुत गरेको थिए । कार्यक्रममा विशिष्ट अतिथि समेत रहेकी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा सदस्य सिता उप्रेतीले वडा स्तरीय बजेट बाट ७ औं जिल्ला स्तरीय कराते प्रतियोगिता गराउनको लागि नेपाल सितोरियो कराते डोजो शाखालाई १ लाख ४० हजारको खेलकुद सामाग्री उपलब्ध गराएको बताउनु भयो । उहाँले आउदो दिनमा पनि वडा स्तरीय बजेट बाट डोजो शाखालाई आवस्यक पर्ने सहयोग गर्ने समेत बताउनु भयो ।
७ औं जिल्ला स्तारीय कराते प्रतियोगिताको अनुमानित खर्च ४ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको डोजो शाखा जीतपुरको अध्यक्ष एवं प्रशिक्षक मनोज साहले बताउनुका छ्न । उक्त प्रतियोगितामा अमलेखगंज,सिमरा,डुमरवाना,रमौली छातापिपरा,रामबन, जीतपुर र कलैया गरि ८ टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रममा २८ नम्बर बाहिनी आडाको प्रमुख सेनानी सुबाश श्रेष्ठलाई मधेस प्रदेश सभासद्स्य देवनारायण चौधरी र जीतपुर डोजो शाखाको प्रशिक्षक मनोज साहले सम्मान गर्नु भएको थियो । मनोज सहाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जीतपुरको बिभिन्न बिद्यालयको शिक्षक ,शिक्षिका,जनप्रतिनिधि लगाएत खेलकुद प्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।