hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

केपी ओलीको ७२औँ जन्मदिन आज

काठमाडौं, फागुन ११–

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको आज ७२औं जन्मदिन हो । बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा ओलीको जन्म भएको थियो।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै पहिलो पटक एमालेको अध्यक्ष बनेका हुन्।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै एमालेको अध्यषअध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन्।

आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो। उनको ७०औं जन्मदिनमा सर्वोच्च अदालतले संसद विघटन पुनस्थार्पना गरेको थियो। ओलीले ७२ औं जन्मदिन मनाइरहँदा सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको छ।