hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

फागुन १० गतेसम्ममा सत्ता गठबन्धन टुट्ने गगन थापाको दाबी

बुटवल, फागुन १-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन भइसक्ने बताए ।

‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ’, थापाले कार्यकर्तालाई उत्साहित बनाउँदै भने, ‘नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बन्नेछ । राष्ट्रपतिमा पनि हामीले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुनेछ ।’

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने भन्दै सबै पार्टीले यो कुरा भोगिसकेकाले एमाले उमेदवारलाई भोट नहाल्ने उनको दाबी थियो ।