hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग

चितवन, माघ २२ गते ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछानेसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्न मागसहित निर्वाचन आयोग जाने भएका छन् । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार र सांसद हुन अयोग्य रहेको अदालतको ठहरसँगै उनको सांसद पद गुमेको थियो ।

श्रेष्ठ आज आइतबार निवेदनसहित निर्वाचन आयोग जान लागेको सिएन नेपालसँगको कुराकानीमा बताए । ‘अन्य कुनै कारणले निर्वाचन क्षेत्र खाली भएको भए उपनिर्वाचन हुने थियो । तर यहाँ त उम्मेदवार हुनै अयोग्य भनेर अदालतले भनिसकेको छ,’ श्रेष्ठले सिएन नेपालसँग भने, ‘त्यस्तो अवस्थामा स्वतः मलाई विजयी घोषणा गर्नुपर्छ भन्ने मेरो माग हो ।’

उपनिर्वाचन गर्नका लागि कानुनमा भनिएकाभन्दा बेग्लै अवस्था भएको र राज्यकोषको ठुलो धनराशिको खर्च हुने भएकाले आफूलाई विजयी घोषणा गर्नु उचित हुने उनको भनाइ छ । उम्मेदवार हुन नै अयोग्य व्यक्तिले जितेको अवस्थामा दोस्रो हुनेलाई विजयी घोषणा गर्नुपर्ने उनको भनाइ छ । ‘यसले एउटा राम्रो नजिर पनि स्थापित गर्छ,’ उनले भने, ‘राज्यकोषको ठुलो रकम पनि बच्छ ।’

श्रेष्ठ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन–२ बाट रास्वपाका सभापति लामिछानेसँग ३४ हाजर २८१ मतान्तरले पराजित भएका थिए । लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए ।