रञ्जन यादब /बारा ०३ भाद्र
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा रहेको शुभलक्ष्मी मेटल इन्डस्ट्रिज प्रा.लि. र सगरमाथा आलमुनियम इन्डस्ट्रिज प्रा.लि. मा बुधबार निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको छ।किरण आँखा अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरमा दुवै उद्योगमा कार्यरत कर्मचारीहरूको आँखा परीक्षण तथा उपचार गरिएको हो। शिविरबाट कुल १ सय १३ जना कर्मचारीले निःशुल्क आँखा उपचार सेवा लिएको सगरमाथा आलमुनियम इन्डस्ट्रिजका प्रशासन अधिकृत प्रेम सिंहले जानकारी दिनुभयो ।शिविरमा कर्मचारीहरूको आँखा परीक्षण गर्नुका साथै आवश्यक परामर्श र उपचारसम्बन्धी सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। उद्योगमा कार्यरत कर्मचारीलाई कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।




