रामनवमीको अवसरमा जीतपुरसिमरामा शोभायात्रा

रञ्जन यादब /बारा

रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल, जीतपुरको आयोजनामा आज शुक्रबार भव्य शोभायात्रा सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्यले निकालिएको उक्त शोभायात्रामा स्थानीय सर्वसाधारण, युवायुवती, विभिन्न संघ–संस्था तथा श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो

।शोभायात्रा जीतपुरबाट सुरु भई सिमरा हुँदै पथलैयासम्म परिक्रमा गर्दै पुनः जीतपुरमा आई समापन गरिएको थियो। यात्रा भरि सहभागीहरूले भगवान श्रीरामको नारा लगाउँदैँ बाजागाजासहित नगर परिक्रमा गरेका थिए। विभिन्न स्थानमा स्थानीयले जुस र फुल अर्पण गरी स्वागत गरेर यात्रालाई अझ आकर्षक बनाएका थिए।कार्यक्रमलाई व्यवस्थित बनाउन सुरक्षाकर्मीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो भने ट्राफिक व्यवस्थापनलाई समेत प्रभावकारी बनाइएको थियो। आयोजकका अनुसार शोभायात्राले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समुदायबीच आपसी भाइचारा र सहकार्यको भावना मजबुत बनाउने विश्वास लिइएको छ।सोभा यात्रापछि बंगालीबाबा मन्दिरमा साँझ पुजाअर्चना ,भजनकिर्त र ५५१ वटा दियो बालिएको थियो । पुजा पश्चात भक्तजनहरुलाई खिर प्रसाद स्वरुप बितरण गरिएको आयोजकले जनाएको छ ।