hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

विज्ञान र सामाजिक विषयमा उत्कृष्ट नतिजाका लागि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

रञ्जन यादब/बारा

सिमरा–डुमरवाना हबकाे आयोजनामा एसईई परीक्षार्थी विद्यार्थीका लागि एक दिने सामाजिक तथा विज्ञान विषयक प्रशिक्षण कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। नजिकिँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गर्दै विद्यार्थीलाई विषयवस्तुको गहिरो बुझाइ, प्रभावकारी अध्ययन विधि र उत्कृष्ट नतिजा हासिल गर्ने रणनीतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बोल्दै राजन पौडेलले प्रारम्भिक तहदेखि नै सही अध्ययन पद्धति अवलम्बन नगर्दा विज्ञान र सामाजिक विषयमा अपेक्षित नतिजा हासिल गर्न कठिनाइ हुने बताए। कक्षा १ देखि ३ सम्मकै आधार कमजोर हुँदा माथिल्लो कक्षामा पुग्दा विषयवस्तु बुझ्न समस्या देखिने उनको भनाइ थियो। प्रश्नको आशय नबुझी उत्तर लेख्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले विद्यार्थीलाई पाठ्यवस्तुको अवधारणागत बुझाइमा जोड दिन सुझाव दिए। “परीक्षामा सफल हुन घोकन्ते शैलीभन्दा बुझेर पढ्ने बानी विकास गर्न आवश्यक छ,” उनले भने। साथै, उनले एसईईमा सहभागी सबै विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षा दिन र उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।

प्रशिक्षण कार्यक्रममा सामाजिक विषयका लेखक नारायण प्रसाद खतिवडा तथा विज्ञान विषयका लेखक पीके झाले सहजीकरण गरेका थिए। उनीहरूले पाठ्यक्रमको संरचना, सम्भावित प्रश्नको विश्लेषण, उत्तर लेखनको प्रभावकारी शैली, समय व्यवस्थापन तथा परीक्षामा हुने सामान्य त्रुटिबारे व्यावहारिक जानकारी प्रदान गरेका थिए। सहभागी विद्यार्थीहरूलाई नमुना प्रश्न अभ्यास गराइ उत्तर लेखनको अभ्याससमेत गराइएको थियो।
कार्यक्रममा सिमरा–डुमरवाना स्कुल हबका संयाेजक बसन्त ढकालले शैक्षिक सत्र २०८२ अन्तर्गत अतिरिक्त क्रियाकलापका रूपमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रम निरन्तर सञ्चालन गरिएको जानकारी दिए। उनले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै उपलब्धिमा रूपान्तरण गर्न विद्यार्थीलाई प्रेरित गरे।
विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले परीक्षाको तयारीमा सकारात्मक ऊर्जा थपिएको आयोजकले जनाएको छ। सहभागी विद्यार्थीहरूले प्रशिक्षण उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। हबले आगामी दिनमा पनि विषयगत तालिम, अभिमुखीकरण तथा शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।