रञ्जन यादब /बारा
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड सिमराले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री ने.रा.मा.वि. सिमरा, बारालाई रु. २५ हजार नगद आर्थिक सहयोग प्रदान गरेको छ ।उक्त सहयोग जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ का अध्यक्ष धनबहादुर श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीको पहलमा प्रदान गरिएको हो।विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा टेवा पु¥याउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।
विद्यालय प्रशासनले यस्ता सहयोगले शिक्षण–सिकाइ वातावरण थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षा क्षेत्रको विकासमा निजी तथा वित्तीय संस्थाको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। विद्यालयलाई सहयोग गर्ने क्रम अझै जारी रहने जनाइएको छ। विद्यालय प्रशासनले सहयोग गर्ने संस्था तथा व्यक्तिप्रति बिद्यालयका प्रधानध्यापक शंकर अचार्य धन्यवाद ज्ञापन गरेका छन्।

