एमालेलाई ठूलाे झट्का, पुर्ब गा.बि.स अध्यक्ष क्षेत्री नेकपामा प्रबेश, बारा क्षेत्र–३ मा नेकपा नेपाल बलियो बन्दै

नेकपा (एमाले) लाई ठूलाे राजनीतिक झट्का लागेको छ । लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आएका डुमरबाना गाउँ विकास समितिका पूर्व अध्यक्ष तथा प्रख्यात साहित्यकार नारायण प्रसाद क्षेत्री नेपाली कम्युनिष्ट पार्टी (नेकपा नेपाल) मा प्रवेश गर्नुभएको छ ।

क्षेत्रीलाई नेकपा नेपालका सह–संयोजक माधव कुमार नेपाल ले औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको हो । कार्यक्रममा सह–संयोजक नेपालले क्षेत्री जस्ता अनुभवी, निष्ठावान र वैचारिक रूपमा स्पष्ट व्यक्तित्वको प्रवेशले पार्टीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बारा क्षेत्र नं. ३ का स्थायी निवासी रहेका क्षेत्रीको नेकपा नेपालमा प्रवेशसँगै सो क्षेत्रको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आएको विश्लेषण गरिएको छ । स्थानीयस्तरमा राम्रो पकड, जनसम्पर्क र साहित्यिक योगदानमार्फत पहिचान बनाएका क्षेत्रीको कदमले बारा क्षेत्र–३ मा नेकपा नेपाल विजयतर्फ नजिक पुगेको राजनीतिक वृत्तको बुझाइ छ ।

पार्टी प्रवेशपछि क्षेत्रीले मुलुकमा बढ्दो निराशा, जनअपेक्षा र कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै नेकपा नेपाल नै सही विकल्प ठानेर आफूले यो निर्णय लिएको बताउनुभयो । उहाँले पार्टीलाई जनतासँग अझ नजिक पुर्‍याउँदै वैचारिक तथा संगठनात्मक रूपमा मजबुत बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

क्षेत्रीको प्रवेशलाई आगामी निर्वाचन र पार्टी विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यस घटनाले एमालेमा असन्तुष्टि बढ्दै गएको संकेत समेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।