hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetholiganbetjojobet

बौद्धिक अपाङ्गता अभिभावक संघ बाराको प्रथम अधिवेशन सम्पन्न

रञ्जन यादब /बारा

जीतपुरसिमरा–४ औराहामा बौद्धिक अपाङ्गता अभिभावक संघ बाराको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संघको औपचारिक संरचना सुदृढ गर्दै आगामी कार्यदिशा तय गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले बौद्धिक अपाङ्गता सहित सम्पूर्ण प्रकारका अपाङ्गता भएका व्यक्तिप्रति उपमहानगरपालिका गम्भीर रहेको बताउनुभयो। उहाँले नगरपालिकाले आफ्ना स्रोत–साधनले भ्याएसम्म अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका अभिभावकलाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो। कतिपय विषयहरू व्यक्तिगत चाहनाले मात्र सम्भव नहुने भए पनि तिनको कार्यान्वयनका लागि निरन्तर प्रयास भइरहेको उहाँको भनाइ थियो।

नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गङ्गा प्रसाद वाग्लेले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अवस्था अझै पनि दयनीय रहेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा उनीहरूको पहुँच अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार तथा संघ सरकारका कार्यक्रमहरू गोष्ठी, तालिम र अन्तरक्रियामा मात्र सीमित नरही अपाङ्गता भएका व्यक्तिका अभिभावकको आयआर्जन वृद्धि हुने खालका व्यावहारिक कार्यक्रमतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

बौद्धिक अपाङ्गता अभिभावक संघ बाराका अध्यक्ष पुण्य प्रसाद कडेंलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शंकर ढकालले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अपाङ्ग सेवा संघ बाराका निबर्तमन अध्यक्ष धन प्रसाद बजगाईंले गर्नुभएको थियो। अधिवेशनमा अभिभावकहरूको समस्या, चुनौती तथा समाधानका उपायहरूबारे समेत छलफल गरिएको थियो।

अधिवेशनले आगामी दिनमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, अभिभावक सशक्तीकरण तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको संयोजन नवराज घिमिरेले गर्नुभएको थियो ।