hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सिमराका होटल व्यवसायीको मानमर्दन गरेको भन्दै संघद्वारा वाग्लेको अभिव्यक्तिको घोर भत्र्सना

रञ्जन यादब /बारा

होटल तथा पर्यटन व्यवसायी संघ, बाराले इच्छा होटलका सञ्चालक इच्छा बहादुर वाग्लेद्वारा हालै विभिन्न सञ्चारमाध्यममा दिइएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको कडा शब्दमा भत्र्सना गरेको छ।

संघका अध्यक्ष शमभु खड्गीले एक प्रेस विज्ञप्ति जारी गर्दै वाग्लेले सिमराको ऐतिहासिक गरिमा र यहाँका स्थानीय व्यवसायीहरूको मानमर्दन हुने गरी भ्रामक प्रचार गरेको आरोप लगाएको छ। वाग्लेले आफू सिमरा आउनुअघि यहाँको अवस्था अत्यन्तै अस्तव्यस्त रहेको, आफ्नो आगमनपछि मात्रै यस क्षेत्रमा आर्थिक प्रगति भएको र त्यसअघि यहाँका कुनै पनि होटलमा एसी जस्ता न्यूनतम सुविधाहरू समेत नरहेको भनी दिएको बयानलाई संघले पूर्णतः झुटो र कपोकल्पित ठहर गरेको छ।विशेष गरी सिमराको पुरानो पहिचान बोकेको लामा होटलका बारेमा वाग्लेले दिएको ’पहिलो एसी आफूले किनिदिएको’ भन्ने दाबीलाई संघले गम्भीरतापूर्वक लिएको छ। उक्त दाबीको खण्डन गर्दै लामा होटलका सञ्चालक सूर्य लामाले वाग्ले आफ्नो होटलमा एक दिन पनि बास नबसेको र उनको दाबी तथ्यहीन रहेको स्पष्ट पार्नुभएको विज्ञप्तिमा उल्लेख छ।

आसन्न चुनावी गतिविधिका बेला सिमराको दशकौँ पुरानो संगठित व्यावसायिक साखलाई गिराउने र अफवाह फैलाउने उद्देश्यले यस्ता गैरजिम्मेवार टिप्पणीहरू आएको संघको ठहर छ। ऐतिहासिक सिमराको आर्थिक र सामाजिक प्रतिष्ठामा आँच पुरÞ्याउने खालका विवादित टिप्पणी नगर्न चेतावनी दिँदै संघले आगामी दिनमा यस्तै तथ्यहीन र दुष्प्रचारपूर्ण अभिव्यक्ति दोहोरिएमा वाग्ले विरुद्ध कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।