hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

श्री नेरामाबि सिमराको ६८ औँ बर्ष प्रबेशको अवसरमा भब्य बार्षिकोत्सव

रञ्जन यादब /बारा

सिमरास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६८ औँ वर्षमा प्रवेश गर्दै पहिलो पटक भब्य वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ। बिहीबार औपचारिक समारोहका बीच सुरु भएको वार्षिकोत्सवले विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनालाई सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा सूर्य नेपाल प्रालिका प्रबन्धक प्रमुख सुरेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।

कार्यक्रममा विद्यालयको हालसम्मको शैक्षिक तथा भौतिक प्रगतिको विवरण प्रधानाध्यापक शंकर आचार्यले प्रस्तुत गर्नुभयो।प्रधानाध्यापक आचार्यले विद्यालय स्थापना कालदेखि निरन्तर समर्पित शिक्षक–शिक्षिकाको योगदानकै कारण अभिभावकको विश्वास मजबुत हुँदै गएको बताउनुभयो। उहाँले विद्यार्थी सङ्ख्या बढ्दै जाँदा कक्षा कोठाको अभाव, भौतिक संरचना विस्तार तथा आधुनिक प्राविधिक सुविधाको आवश्यकता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। सूर्य नेपाल प्रालिको १५ लाख रुपैयाँको सहयोगमा स्मार्ट बोर्डसहित प्राविधिक ल्याब निर्माण गरिएको जानकारी दिँदै कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान हुँदै आएको पनि जानकारी गराउनुभयो।

आगामी दिनमा पार्किङ व्यवस्थापन, थप कक्षा कोठा निर्माण र कक्षा ११ तथा १२ का लागि छुट्टै कक्षा सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ थियो। कार्यक्रममा विद्यालयको स्मारिकासमेत विमोचन गरिएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले ६८ वर्षको शैक्षिक यात्रामा विद्यालयले क्षेत्रीय शिक्षामा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो। शिक्षा नै राष्ट्र विकासको आधार भएकाले गुणस्तरीय शिक्षासँगै भौतिक पूर्वाधार सुदृढीकरण अपरिहार्य रहेको उहाँले जोड दिनुभयो। सूर्य नेपाल प्रालिले प्रशासनिक भवन, कम्प्युटर ल्याब र स्मार्ट बोर्ड जस्ता पूर्वाधारमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्न सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अवसरमा प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो। दुई दिनसम्म सञ्चालन हुने ६८ औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार समापन हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, शिक्षा शाखा प्रमुख शिवजी प्रसाद, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बिद्यार्थी तथा शिक्षकहरुले बिभिन्न किसीमको प्रस्तुती तथा गितसंगीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षीका सिता अधिकारीले गर्नुभएको थियो ।