hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरसिमराको दुर्गा मन्दिरका लागि वाग्लेको ऐतिहासिक योगदान, १ कठा ४ धुर जग्गा दान

रञ्जन यादब /बारा

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–३ ईच्छा कोलोनीमा अवस्थित दुर्गा पूजा सेवा समितिलाई धार्मिक तथा सामाजिक गतिविधि विस्तारका लागि १ कठा ४ धुर जग्गा दिने उद्घोष गरेका छन् ।जसअन्तर्गत १२ धुर जग्गाको लालपुर्जा मन्दिरको नाममा नै पास गरी कर्यक्रमका बिच हस्तान्तरण गरेका छन् भने १२ धुर जग्गा आफनो पत्नीको नाममा रहेका कारण सिमरा आएको बेला चाडै नै हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । स्थानीय समाजसेवी तथा होटल इच्छा का सञ्चालक इच्छा बहादुर वाग्लेले आफ्नो निजी स्वामित्वमा रहेको उक्त जग्गा दुर्गा मन्दिरको नाममा औपचारिक रूपमा दान गरेका हुन्। बुधबार आयोजित विशेष कार्यक्रममा दुर्गा मन्दिर सेवा समितिका अध्यक्ष सुशिल ढोडारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा जग्गा हस्तान्तरण सम्पन्न भयो।

कार्यक्रममा दाता वाग्लेले यसअघि व्यक्त गरेको प्रतिबद्धता अनुसार मन्दिरको दीर्घकालीन हितलाई ध्यानमा राख्दै जग्गा दान गरिएको बताए। करोडौं रुपैयाँ मूल्य पर्ने उक्त जग्गा अब धार्मिक, सांस्कृतिक तथा सामाजिक प्रयोजनमा प्रयोग हुने जनाइएको छ ।वाग्लेले विगत एक दशकदेखि जीतपुरसिमरा क्षेत्रको समग्र विकासमा आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै मधेश प्रदेशमै पहिलो पाँचतारे होटल सिमरामा स्थापना गरी बाराको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सफल भएको दाबी गरे। उनले पर्सा राष्ट्रिय निकुञ्जलाई आगामी पाँच वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत सार्वजनिक गरे। साथै, आगामी सात वर्षभित्र जीतपुरसिमरालाई जनताले कल्पना नगरेको स्तरको विकासतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे।

दुर्गा मन्दिर सेवा समितिले समाजसेवामा उल्लेखनीय योगदान पु¥याएको भन्दै दाता इच्छा बहादुर वाग्लेलाई विशेष सम्मान प्रदान गरेको थियो। कार्यक्रममा नगरप्रमुख राजन पौडेलले वाग्लेले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक योगदान निरन्तर रहने विश्वास व्यक्त गर्दै मन्दिर निर्माणलगायत सामाजिक कार्यमा उपमहानगरपालिकाबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए।दुर्गा मन्दिर सेवा समितिका अध्यक्ष सुशिल ढोडारीले ईच्छा वाग्लेले गरेको जग्गा दान मन्दिर र समुदायको दीर्घकालीन विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालनका लागि यो जग्गा आधारशिला सावित हुने उनको भनाइ थियो।