hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ–नेपालको १५औँ साधारणसभा तथा ८औँ अधिवेशन सम्पन्न, सन्तोषी घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति

रञ्जन यादब /बारा

राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ–नेपालको १५औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशन बारा जिल्लाको कलैयामा सोमबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संघको आगामी कार्यकालका लागि सन्तोषी घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नुवाकोटका दिनेश श्रेष्ठ चयन हुनुभएको छ भने महासचिवमा काठमाडौंका प्रकाश महर्जन निर्वाचित हुनुभएको छ। त्यस्तै सचिवमा कास्कीका विश्वामित्र भित्रकोटी र कोषाध्यक्षमा काठमाडौंकी उमा पौडेल चयन हुनुभएको छ। सदस्यहरूमा कपिलवस्तुकी इन्दिरा पाण्डे, डोटीकी यसोदा गुरुङ र बाराकी रेखा श्रेष्ठ रहनुभएको छ। साथै, राष्ट्रिय बहिरा महासंघ नेपालका प्रतिनिधि सन्तोष के.सी. (बर्दिया) पदेन सदस्यका रूपमा रहनुभएको छ। अधिवेशनका क्रममा सदस्य पदका तीन सिटका लागि भएको निर्वाचनमा उम्मेदवार रेणु शाह, सिरहा ४–१९ मतान्तरले पराजित हुनुभएको जनाइएको छ।

अधिवेशनमा देशका विभिन्न जिल्लाबाट २८ जना साङ्केतिक भाषा दोभाषेहरूको सक्रिय सहभागिता रहेको थियो। राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ–नेपाल नेपालमा साङ्केतिक भाषा दोभाषेहरूको एक मात्र राष्ट्रियस्तरको संस्था हो। संघले दोभाषेहरूको हक–अधिकार संरक्षण, पेशागत मर्यादा प्रवद्र्धन, क्षमता अभिवृद्धि तथा गुणस्तरीय साङ्केतिक भाषा सेवाको विकासका लागि निरन्तर काम गर्दै आएको छ। संघ विश्व साङ्केतिक भाषा दोभाषे संघसँग समेत आबद्ध रहेको छ।नव–निर्वाचित कार्यसमितिले आगामी कार्यकालमा साङ्केतिक भाषा दोभाषेहरूको संस्थागत सुदृढीकरण, नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिता, तालिम तथा प्रमाणिकरण प्रणालीको विकासलगायत क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।