hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

संस्थागत विद्यालयबीच प्रतियोगिता आयोजना गर्ने होड, सिमरामा प्याब्सन फुटबलको थालनी

रञ्जन यादब /बारा

संस्थागत विद्यालयहरूबीच खेलकुद प्रतियोगिता आयोजना गर्ने होडबाजी चुलिँदै जाँदा प्रथम बारा प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि सिमरामा सुरु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाराको आयोजना तथा जनजागृति युवा क्लबको सहयोगमा प्रतियोगिता सुरु गरिएको हो। हाल संस्थागत विद्यालयका संगठनहरूबीच ‘कुन कम छैन’ भन्ने प्रतिस्पर्धात्मक सोच देखिन थालेको छ।

केही समयदेखि एन–प्याब्सन आबद्ध विद्यालयहरूले विभिन्न प्रतियोगिता आयोजना गर्न थालेपछि त्यसको प्रभाव प्याब्सन आबद्ध विद्यालयमा पनि परेको देखिन्छ। एन–प्याब्सनले गरेपछि हामी किन पछि पर्नु ? भन्ने मनोविज्ञानले प्याब्सन आबद्ध विद्यालयहरू पनि खेलकुद प्रतियोगिता आयोजना गर्न जुरमुराएका हुन्। यही होडबाजीको प्रतिफलस्वरूप बारा जिल्लामै पहिलोपटक प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको आयोजकको भनाइ छ।सिमरा रंगशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत पहिलो दिन सिनियर र जुनियर गरी चार खेल सम्पन्न भएका छन्।

सिनियरतर्फको पहिलो खेलमा ब्राइटर एकेडेमीले शुभारम्भ एकेडेमीलाई ४–० ले पराजित गर्दै सशक्त सुरुआत गरेको छ। दोस्रो खेलमा मोर्डन एकेडेमीले सेन्ट पिटर्स स्कुललाई ३–२ ले हराउँदै जित निकालेको छ।जुनियरतर्फको पहिलो खेलमा शुभारम्भ एकेडेमीले शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुललाई १–० ले पराजित गरेको छ भने दोस्रो खेलमा रोज एकेडेमीले ब्राइटर एकेडेमीलाई ३–० ले पाखा लगाएको छ।विद्यालयहरूबीच बढ्दो प्रतिस्पर्धा र होडबाजीले खेलकुद गतिविधि सक्रिय बन्दै गएको भन्दै आयोजकले यसले विद्यार्थीको शारीरिक, मानसिक विकाससँगै अनुशासन र आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।