hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

सानो प्रयासमा अर्थपूर्ण कार्य ः वडा १८ बाट अपाङ्गता तथा विपन्न वर्गका लागि जीविकोपार्जनमुखी सहयोग

रञ्जन यादब /बारा

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष चतुर बाबु वाग्लेले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम जनकल्याणमा खर्च गर्ने परम्परा कायम राख्दै आएका छन्। लामो समयदेखि गोष्ठी, सेमिनार र औपचारिक तालिमहरूभन्दा प्रत्यक्ष प्रभावकारी जीवनोपयोगी सहयोग नै लक्षित वर्गका लागि धेरै उपयोगी हुन्छ भन्ने विश्वासका साथ अध्यक्ष वाग्लेले गत वर्ष आफ्नो व्यक्तिगत पहलमा अपाङ्गता भएका व्यक्तिहरूलाई ४ वटा पाडी वितरण गरेका थिए।

यस कदमले सेवाग्राहीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको अनुभव भएपछि कार्यक्रमलाई यस वर्ष थप प्रभावकारी रूपमा निरन्तरता दिइएको छ। चालू आर्थिक वर्षमा उहाँले वडा भित्रका गरिब तथा विपन्न परिवारहरूलाई ११ वटा जर्सी गाईका बाछा वितरण गर्नुभयो । प्रत्यक्ष रूपमा घरमै आय–आर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले गरिएको यो पहलले लक्षित परिवारहरूमा उत्साह थपेको अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले बताउँनुभयो ।

जर्सी गाई पालनबाट प्राप्त हुने दुध, बाछा–बछी तथा अन्य उत्पादनले उनीहरूको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ।स्थानीयवासीहरूले अध्यक्ष वाग्लेले आफ्नै सेवा–सुविधाको रकम समुदायकै हितमा खर्च गरेको निर्णयलाई उच्च सम्मानका साथ स्वागत गरेका छन्।वडा नं. १८ मा सामाजिक समावेशीकरण, आर्थिक सशक्तिकरण र आत्मनिर्भरता बढाउने यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर रहने वडा अध्यक्ष वाग्लेले बताउँनुभयो ।