hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetjojobetmeritking

तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल ः उपाधि आयोजक एकता ई.स्कूलको पोल्टोमा

रञ्जन यादब /बारा

शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय जीतपुरसिमरा उपमहानगरका संस्थागत विद्यालयहरूले एकता ई.बिद्यालय सिमराको अगुवाईमा आयोजना गरेको तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पार्न सफल भएको छ । आईतबार सम्पन्न फाइनल खेलमा एकता ई–स्कूलले सेन्ट जोनलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि सुरक्षित गरेको हो ।

खेल उत्कृष्ट प्रदर्शनसहित निकै रोचक बनेको थियो । फाइनल म्याचका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) सेन्ट जोनकी मिष्ठी थापा घोषित भईन् भने, सम्पूर्ण शृंखला प्रदर्शनका आधारमा म्यान अफ द सिरिज एकताकी स्मृती श्रेष्ठ बनेकी छिन् ।

आयोजक बिद्यालयका अध्यक्ष मदन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरका उप–प्रमुख भोला प्रसाद अधिकारी,एन प्याबसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी ,एस.पि.ई.स.का प्रिन्सिपल बसन्त ढकाल,राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनका प्रिन्सिपल सागर ठाडा मगर ,अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र तमाङ्ग ,बारा जिल्ला भलिबल संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी खुशी चौधरी तथा विभिन्न विद्यालयका प्र.अ. एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।