hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

न्यु एकता स्कुल महिला भलिबल प्रतियोगितामा दुई क्वार्टर फाइनल खेल सम्पन्न

न्यु एकता स्कुल सिमराले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा बिहिबार भएका दुई क्वार्टर फाइनल खेल समापन भएका छन्। पहिलो तथा दोस्रो दुवै खेल रोचक प्रतिस्पर्धासहित सम्पन्न भए ।

पहिलो क्वार्टर फाइनलमा एकता स्कुलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे  आयाेजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए ।कडा प्रतिस्पर्धामा

उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय विभूतिकी करुणा बच्छरलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।

दोस्रो क्वार्टर फाइनलमा सेन्ट जोन्सले एस.पी.ई.एस. (SPES) लाई २–१ को सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। यस खेलमा सेन्ट जोन्सकी प्रशंसा पौडेल प्लेयर अफ द म्याच बन्न सफल भइन्।

न्यु एकता स्कुल ले आयोजना गरेको यस प्रतियोगिता विद्यालयस्तरमै प्रतिभाशाली खेलाडीहरू उजागर गर्ने उद्देश्यका साथ सञ्चालन गरिँदै आएको हो।