hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

पाथीभरा स्कुलमा जारी पुरुष भलिबल प्रतियोगितामा एक्स–सर्विस म्यान र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन विजयी

 

रञ्जन यादब/बारा

सिमरास्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितामा बिहीबारका खेलहरू सम्पन्न भएका छन्। दिवसको पहिलो खेलमा एक्स–सर्विस म्यानले पाथीभारालाई २–१ को सेटमा पराजित गर्दै जित दर्ता गर्यो।
यस खेलमा प्रशान्त चौधरी उत्कृष्ट प्रदर्शनका कारण खेलाडी अफ दी म्याच घोषित भए।

 

त्यसैगरी दोस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन (RVSSS) ले स्नो एपेक्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सानदार जित हात पार्यो।
उक्त खेलमा आदर्श चौधरीलाई खेलाडी अफ दी म्याच घोषित गरिएको आयाेजक बिद्यालयका प्रिन्सिपल लक्कि रिमालले जानकारी दिए ।

प्रतियोगिता पाथीभरा इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा जारी रहेको विद्यालयले जनाएको छ।