hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगितामा तीन विद्यालय विजयी, एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिता ः होली गार्डेन र पाथीभरा इङ्लिस स्कुल विजयी

रञ्जन यादब /बारा

बाराको सिमरामा जारी पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएका तीनै खेलमा फरक–फरक विद्यालयले सहज जीत हात पारेका छन्। पाथीभरा स्कुलको खेल मैदानमा सम्पन्न खेलहरूमा स्नो एपेक्स, लोटस एकेडेमी र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भए।पहिलो खेलमा स्नो एपेक्सले सिमरा पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै प्रभावशाली जीत निकालेको छ। उत्कृष्ट प्रदर्शनका आधारमा निरोज चौधरी प्लेयर अफ दि म्याच घोषित भए।दोस्रो खेलमा लोटस एकेडेमीले मिसन एकेडेमीमाथि २–० को जित दर्ता ग¥यो। जेम्स चौधरीले शानदार खेल प्रस्तुत गर्दै प्लेयर अफ दि म्याचको उपाधि पाए।तेस्रो खेलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले एकता स्कुललाई २–० को सोझो सेटमै हराउँदै उपाधि होडतर्फ महत्वपूर्ण तीन अंक जोडेको छ।

यस खेलका उत्कृष्ट खेलाडी सिद्धान्त चौधरी बने।प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेल आयोजक पाथीभरा स्कुल र एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीबीच हुनेछ भने दोस्रो खेल राष्ट्रिय विभूति र स्नो एपेक्सबीच खेल हुने आयोजक बिद्यालयका प्रिन्सिपल लक्की रिमालले जानकारी दिए।

सिमरामा जारी एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएका दुई खेलमा होली गार्डेन इङ्लिस स्कुल पथलैया र पाथीभरा इङ्लिस स्कुल सिमराले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेका छन्। त्यस्तै एकता स्कुलको मैदानमा भएको पहिलो खेलमा होली गार्डेनले मिसन एकेडेमीलाई कडा प्रतिस्पर्धामा २–१ सेटले पराजित ग¥यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रेशु घिसिङ ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

दोस्रो खेलमा पाथीभरा इङ्लिस स्कुल सिमराले लोटस एकेडेमी सिमरालाई २–१ सेटमै हराउँदै अगाडि बढ्यो। यस खेलमा मञ्जु खड्का ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।प्रतियोगिता अन्तर्गत बिहीबार हुने खेलमा पहिलो भिडन्त सेन्ट जोन्स एकेडेमी र एक्स सर्भिसम्यान एकेडेमीबीच हुनेछ। त्यसपछि हुने दोस्रो खेलमा एकता स्कुल र राष्ट्रिय सामुदायिक शिक्षा सदन डुमरवाना प्रतिस्पर्धा गर्ने आयोजक न्यु एकता ई.बो.स्कुलका प्रिन्सिपल मदन रिजालले जानकारी दिए