hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

सिमरामा एकैदिन दुई महिला र पुरुष भलिबल प्रतियोगिता सुरु, विद्यालयमै खेलको रौनक

रञ्जन यादब /बारा

बाराको सिमरा मंगलबार खेलमय बनेको छ। एकैदिन दुई विद्यालयले छुट्टाछुट्टै अन्तरविद्यालय भलिबल प्रतियोगिता थालनी गरेपछि उपमहानगर नै भलिबलमय बनेको हो। एकता स्कुलले महिला भलिबल प्रतियोगिता सञ्चालन गर्दै उद्घाटन ग¥यो भने पाथीभरा इङ्लिस स्कुलले पुरुष भलिबल प्रतियोगिता सुरु ग¥यो।महिला प्रतियोगिताको उद्घाटन नगरप्रमुख राजन पौडेलले गरे

। पुरुषतर्फको खेल उपप्रमुख भोलाप्रसाद अधिकारीले शुभारम्भ गर्दै स्थानीय तहले खेलकुद प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।एकता स्कुलको कोर्टमा भएको पहिलो खेलमा घरेलै टोली एकताले अक्षरा पाठशालालाई २५–६ र २५–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको आयोजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए। उनले प्राप्ति अधिकारी ‘प्लेयर अफ दि म्याच’ घोषीत भएको बताए ।दोस्रो खेलमा सेन्ट जोन्स एकेडेमीले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई २५–१० र २५–५ ले पराजित ग¥यो।

खेलकी उत्कृष्ट खेलाडी प्रशंसा पौडेल घोषित भएको आयोजक पाथिभरा ईङ्गलीस बोडिङ्ग स्कुलका प्रिन्सिपल लक्की रिमालले जानकारी दिए ।महिला प्रतियोगिता मंसिर २१ गतेसम्म चल्नेछ। एकता, अक्षरा, सेन्ट जोन्स, एक्स सर्भिसम्यान, राष्ट्रिय विभूति, सिमरा पब्लिक, लोटस, पाथीभरा, मिसन र होली गार्डेन गरी १० टोली प्रतिस्पर्धामा छन्।पाथीभरा स्कुलमा सुरु भएको चौथो पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीले होली गार्डेनलाई २५–१६ र २५–१९ ले हराएको छ । उत्कृष्ट खेलाडीको उपाधि पाथीभराका प्रथम कलवारले पाए।

अर्को खेलमा अक्षरा पाठशालाले सेन्ट जोन्स एकेडेमीलाई लगातार २५–१६ को सेटमा हराउँदै दोस्रो जित दर्ता ग¥यो।अक्षराका रिजन घलान ‘प्लेयर अफ दि म्याच’ घोषित भए।पुरुष प्रतियोगिता मंसिर २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा पाथीभरा, होली गार्डेन, एक्स सर्भिसम्यान, अक्षरा, सेन्ट जोन्स, एकता, राष्ट्रिय विभूति, स्नो एपेक्स, मिसन र लोटस गरी १० टोली सहभागी छन्।उद्घाटन कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाल, सिमरा खानेपानी तथा सरसफाई समितीका सचिव अमृत बस्यालसहित विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति थियो।दुवै खेलको एकैदिन थालनीसँगै सिमरामा विद्यालयस्तरको खेलकुद गतिविधि थप सशक्त बन्दै गएको देखिएको छ।