बालविवाह गराउने बुबा र चिनियाँ नागरिक प्रहरीको नियन्त्रणमा

रञ्जन यादब /बारा

बारामा एक नाबालिकामाथि जबर्जस्ती विवाह गराउने प्रयास भएपछि प्रहरीले विवाह रोक्दै बालिकालाई उद्धार गरेको छ । करैयामाई गाउँपालिका वडा नं।१ हरैया टोलका ४४ वर्षीय जाकिर हुसेन देवानले उमेर नपुगेकी आफ्नै छोरीको विवाह गराइरहेको सूचना पाएपछि प्रहरीले राति नै कारबाही गरेको हो।

घटना २०८२ मंसिर १० गते राति करिब १०ः३० बजेको हो। प्रहरी निरीक्षक प्रकाश खड्काको कमाण्डमा जिल्ला प्रहरीले र प्रहरी चौकी मधुवन बाराका प्रहरी।साहयक ।निरिक्षक शम्भु प्रसाद यादव सहितको टोली घटनास्थल पुगेको थियो। टोली पुगेको बेला नाबालिका बेहुलीको भेषमा थिए भने चिनियाँ नागरिक २२ वर्षका राहदानी नम्बर नम्बर ३८७७४०४ भएको न्यु युबिनले पुरानै सामाजिक रीतिरिवाज अनुसार विवाह गर्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रहरीले तत्काल विवाह रोक्दै नाबालिकालाई सुरक्षित उद्धार गरेको छ।

साथै विवाह गराउने बुबा जाकिर हुसेन देवान र विवाह गर्न आएका चिनियाँ नागरिक दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बालविवाहसम्बन्धी कानून उल्लङ्घन गरेको आरोपमा दुवैमाथि अनुसन्धान जारी रहेको छ।