hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सिमरा खानेपानीमा ‘रास्वपा’ प्यानलको जित, एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्रमा सम्पूर्ण पदमा विजय

रञ्जन यादब /बारा

नेकपा एमालेको महत्वपूर्ण आधारभूमि मानिने सिमरा क्षेत्रमा मङ्सिर ६ गते सम्पन्न सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा युवराज न्यौपाने नेतृत्वको चरा चुनाव चिन्ह प्यानलले दबदबामै विजय हात पारेको छ। परिणामसँगै समितिको सम्पूर्ण नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टि नेतृत्वको चराकै प्यानलले कब्जा गरेको छ।अध्यक्षमा युवराज न्यौपानेले १११६ मत प्राप्त गर्दै प्रतिस्पर्धी प्रकाश खुलाललाई ठूलो मतान्तरले पछि पारे। गुलाबको फुल चिन्हका खुलालले ९०७ मतमा सीमित भएपछि अध्यक्षतर्फ चराको अग्रता स्पष्ट देखियो।

उपाध्यक्ष पदमा पनि हरिप्रसाद सिंखडाले ११८७ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी मिठुमाया थिङलाई सहजै पछि पार्न सफल भए।सचिवमा अमृत बस्याल, सहसचिवमा कृष्णकुमार रिमाल र कोषाध्यक्षमा रामकुमार अर्यालले उच्च मतसहित विजय प्राप्त गरे। उनीहरूले प्राप्त गरेको मतले चराको संगठनात्मक बल र क्षेत्रीय प्रभाव दुवै उजागर गरेको छ। यसैगरी सदस्य पदमा पनि दिलुमाया तामाङ्नी, सुष्मा पण्डित, कल्पनाकुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल र सूर्यसिंह क्षेत्री सबै विजयी बनेका छन्, जसले सम्पूर्ण समितिमा चराकै प्यानलको पूर्ण अधिकार स्थापित भएको छ।३३२० मत खसेको यस निर्वाचनमा एमालेको प्रभाव क्षेत्रका रूपमा चिनिने सिमरामा चराको प्यानलले गरेको एकछत्र विजय स्थानीय राजनीतिक समीकरणमा पनि महत्वपूर्ण रूपमा हेरिएको छ। समग्र नतिजाले सिमरा खानेपानीको नयाँ नेतृत्व पूर्णरूपमा एउटै प्यानलमा केन्द्रित भएको स्पष्ट संकेत गरेको छ।