रञ्जन यादब /बारा
बाराको अमलेखगंजमा बारा होटल तथा पर्यटन ब्यवसायी संघको सधारण सभा सहितको अधिवेशन मंशिर १३ गते हुने भएको छ । आईतबार बसेको पदाधिकारीहरुको बैठकले एलिफेन्ट भिलेज रिसोर्टमा आगामी मंशिर १३ गते होटल तथा पर्यटन ब्यवसायी ‘संघ र बारा होटल तथा पर्यटन सहकारी संस्था सिमराको संयुक्त साधारण सभा तथा अधिवेशन हुने बारा होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

कार्यक्रम बिहान ८ः३० बजेदेखि सुरु हुनेछ। सहभागी सदस्यहरूका लागि नास्ता र खानाको विशेष व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ।सहकारीहरूको संस्थागत विकास, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा पर्यटन क्षेत्रको विस्तारका लागि आवश्यक रणनीतिहरूबारे विस्तृत छलफल कार्यक्रममार्फत हुने अध्यक्ष लम्सालले बताए ।

